Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुकुम हत्याकाण्ड व्यहोर्न तयार भएको जोडीको अन्तरकथा

अन्तरजातीय विवाहपछि घर पुगेको जोडीमाथि आक्रमण: दलित भन्दै प्रकाशलाई पिटे, मालतीलाई खोसेर लगे

अन्तरजातीय विवाहपछि घर पुगेको जोडीमाथि आक्रमण: दलित भन्दै प्रकाशलाई पिटे, मालतीलाई खोसेर लगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १५:३६:०७ बजे
  • 1.9K
    SHARES
  • अन्तरजातीय विवाहपछि घर पुगेको जोडीमाथि आक्रमण: दलित भन्दै प्रकाशलाई पिटे, मालतीलाई खोसेर लगे

    कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेको जोडी घर पुग्ने बित्तिकै युवतीका आफन्तको आक्रमणमा परेको छ । शुक्रबार बिहान युवतीका आफन्तले सहमतिमै छलफल गर्ने र एकपटक सोधपुछ गर्ने भन्दै बोलाउन आग्रह गरेका थिए । अन्तरजातीय विवाह गरेका कैलालीको भजनी नगरपालिका ७ का प्रकाश विश्वकर्मा र मालती रावल सोही आश्वासनपछि २१ दिन जंगलको बसाई टुंग्याएर घर पुगेको थियो । तर घर पुगेको जोडी केही समयमै युवतीका आफन्तको आक्रमणमा परेको हो । युवकलाई कुटपिट गरेर युवतीका आफन्तले युवतीलाई जबर्जस्ती लिएर गएका छ्न् ।

    images

    उनीहरुले दलितलाई छोरी दिन नसकिने भन्दै जबर्जस्ती खोसेर लगेको युवक विश्वकर्माले रुँदै इकागजलाई टेलिफोनमा बताए । ‘हामीलाई एकपटक सोधुपछ गर्ने भनेर बोलाएका थिए । त्यही विश्वासमा हामी जंगलबाट डराई डराई घर आयौँ’ उनले रुँदै इकागजसँग भने, ‘घर पुग्नेवित्तिकै मलाई कुटपिट गरेर मालतीलाई पिट्दै लिएर गए ।’ उनीहरुले यसअघि गाउँमा कसैले पनि अन्तरजातीय विवाह स्वीकार नगर्ने भन्दै जंगलमै लुकेर बसेको बताएका थिए ।

    लामो समयसम्म जंगलमा लुकेर बस्नुपरेपछि उनीहरुले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा बाहिर ल्याएका थिए । सुरुमा उनीहरुले यो पीडा आफन्तलाई भनेका थिए । त्यसपछि आफन्तबाट अधिकारकर्मी हुँदै सञ्चारमाध्यममा उनीहरुको भिडियो पुगेको थियो । तर युवतीका आफन्तले निरन्तर धम्की दिदैँ आएका थिए । सोही धम्कीपछि उनीहरु झन् डराएका थिए । सकेसम्म फोनमा नसके सामाजिक सञ्जाल फेसबुकमा निरन्तर चेतावनीपूर्ण एसएमएस आइरहेका प्रकाशले बताए । ‘मैले स्क्रिनसर्ट राखेको छु’ प्रकाशले इकागजसँग भने, ‘भेटाएमा मारिदिने, रुकुम हत्याकाण्डजस्तै मारेर फालिदिने धम्की दिइरहेका थिए । तर मेरो घरका मान्छेले एकपटक घर आउ भनेपछि पुगेका हौँ । तर हामीले सोचेजस्तै घर पुग्नेवित्तिकै ममाथि कुटपिट भयो । मालतीलाई उठाएर लिएर गएका छन् ।

    युवक र युवती घर पुगेको थाहा पाउनेवित्तिकै युवतीका आफन्त बाइक तथा कार लिएर आएका युवकका आफन्तले बताएका छन् । युवतीलाई लैजानका लागि झण्डै ३० देखि ४० जना मान्छेहरु गाडी लिएर आएका प्रकाशको भनाइ छ । युवतीका आफन्तले मालतीलाई लिएर गएपछि उनीहरुको घरमा सन्नाटा छाएको छ । साथै आफूमाथि थप आक्रमण हुन सक्ने भन्दै युवकका आफन्त डराएका छन् । यसअघि दैलेखका सन्त परियारले राजकुमारी शाहीसँग अन्तरजातीय विवाह गर्दा सन्तका बुवा सेते परियार (दमाई)को हत्या भएको थियो । युवतीका आफन्तले अन्तरजातीय विवाह गरेका छोरालाई लुकाएको भन्दै सेतेमाथि खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।

    यस्तै रुकुम पश्चिमको सोतीमा अन्तरजातीय विवाहका लागि प्रेमिका शुष्मा मल्ललाई भगाउन गएका जाजरकोटका युवा नवराज विक लगायत ६ जनाको विभत्स हत्या भएको थियो । कैलालीमा पनि प्रकाशले अन्तरजातीय विवाह गरेपछि मालतीका आफन्तले नवराजक विककै जस्तो हालत बनाई दिने धम्की दिइरहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology