Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण सहायता दिने

विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण सहायता दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १५:४८:४७ बजे
  • 820
    SHARES
  • विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण सहायता दिने

    विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको ऋण सहायता दिने भएको छ । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक स्रोत व्यवस्थापनमा बैंकले यस्तो सहायता दिने भएको हो ।

    images

    शुक्रबार बसेको बैठकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि समान ५/५ करोड ऋण सहायता दिने निर्णय गरेको हो । यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नका साथै सरकारको क्षमता अभिवृद्धिमा समेत सघाउ पुग्ने नेपालस्थित विश्व बैंकको कार्यालयले विश्वास व्यक्त गरेको छ ।

    कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुने बताउँदै बैंकले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा समेत सहयोग पुग्ने बताएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology