Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिवेन्द्र नेपालीमाथि जातीय विभेद गर्ने वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता

बिवेन्द्र नेपालीमाथि जातीय विभेद गर्ने वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १६:५८:४० बजे
  • 1.6K
    SHARES
  • बिवेन्द्र नेपालीमाथि जातीय विभेद गर्ने वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता

    जुम्लाको सिञ्जा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा बिवेन्द्र नेपालीमाथि जातीय गालीगलौज र कुटपिट गरि पहिलो पटक जातीय विभेद विरुद्धको मुद्दा दर्ता भएको छ । अध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढा विरुद्ध जातीय विभेद विरुद्धको मुद्दा दर्ता भएको हो ।

    images

    असार ८ गते राखिएको विवाद समाधान बैठकमा सबैका सामु वडाध्यक्ष बुढाले नेपालीमाथि जातीय गालीगलौजका साथै कुटपिट गरेको पीडित युवाले बताएका छन् । उनका अनुसार वडाध्यक्षले कुकुर भनेर विभेद गर्दै गालीगलौज गरेको र वडाध्यक्षका छोरा नवीन बुढाले कुटपिट गरेका थिए । पीडित विवेन्द्र नेपालीले आफूले वडामा भएको विकासको विषयमा वडा अध्यक्ष बुढाले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिको विषयमा टिप्पणी गरेपछि आफूमाथि विभेद भएको भन्दै जिप्रका जुम्लामा मुद्दा दर्ता गर्न खोजेका थिए । तर विगत दुई दिन देखि जुम्ला प्रहरीले मुद्दा दर्ता गर्न मानेको थिएन । शुक्रवार जिल्लाका दलित युवा तथा अधिकारकर्मीहरूको चर्को दबाबपछि प्रहरी मुद्दा दर्ता गर्न बाध्य भएको हो ।

    अधिकारकर्मी गोविन्द्र सुनारले दुई दिनको अथक प्रयासपछि मुद्दा दर्ता भएको बताए । उनका अनुसार विवेन्द्र नेपाली आवेदक रहेको उक्त मुद्दा दर्ता नम्बर ८४ मा दर्ता भएको छ । मुद्दा दर्ता हुनु राम्रो कुरा भएको भन्दै उनले अब दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । मुद्दा दर्ता भएपछि आफूलाई विभेद गर्ने पीडकले कारबाही भोग्ने आस लागेको पीडित विवेन्द्र नेपालीले बताएका छन् । अधिकारकर्मी धनराज सुनार दोषीलाई कानुनी दायरामा ल्याउन र कारबाहीको लागि सशक्त रूपमा अघि बढ्नुपर्ने बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # मुद्दा दर्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology