Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखराको अमरसिहँचोकमा बिजुलीको पोलमा स्कुटर ठोक्किदा दुई युवक घाइते, एकको अवस्था गम्भीर

पोखराको अमरसिहँचोकमा बिजुलीको पोलमा स्कुटर ठोक्किदा दुई युवक घाइते, एकको अवस्था गम्भीर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २५, २०७८ शुक्रवार • १८:२६:०१ बजे
  • 1.7K
    SHARES
  • पोखराको अमरसिहँचोकमा बिजुलीको पोलमा स्कुटर ठोक्किदा दुई युवक घाइते, एकको अवस्था गम्भीर

    पोखरा । पोखराको अमरसिहँ चोकमा बिजुलीको पोलमा स्कुटर ठक्कर ठोक्किदा दुई जना युवक घाइते भएका छन् ।

    images

    आज दिउसो १ बजे पोखरा महानगरपालिका १० अमरसिँहचोकमा ग ११ प १४४६ नम्बरको स्कुटर आँफै अनियन्त्रित भएर बिजुलीको पोलमा ठक्कर खाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा जानकारी दिएको छ ।

    दुर्घटनामा स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका १ कोत्रेका १८ वर्षीय संजोग परियार घाइते भएका छन् ।घाइते परियारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

    त्यसैगरी लमजुको बेशिसहर घर भइ हाल कोत्रे बस्ने १९ वर्षीय विश्वास मझकोटी पनि घाइते भएका छन् । प्रहरीका अनुसार स्कुटरमा पछाडिमा सवार मझकोटीको अवस्था मध्यम रहेको छ ।

    दुबै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकले जानकारी दिनुभएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology