Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महामारी नियन्त्रण गर्न स्वायत्त निकाय गठन गर्न विज्ञहरूको सुझाव

महामारी नियन्त्रण गर्न स्वायत्त निकाय गठन गर्न विज्ञहरूको सुझाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७८ शनिवार • ०९:३६:१३ बजे
  • 652
    SHARES
  • महामारी नियन्त्रण गर्न स्वायत्त निकाय गठन गर्न विज्ञहरूको सुझाव

    विज्ञहरूले कोरोना महामारी नियन्त्रणका लागि अन्य देशमा जस्तै नेपालमा पनि एउटा छुट्टै स्वायत्त निकाय गठन गर्न सुझाव दिएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरूले समय–समयमा आउने महामारी र स्वास्थ्यजन्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय भन्दा भिन्न स्वायत्त निकाय बनाउनुपर्ने सुझाव दिएका हुन् ।

    images

    छाती रोग विशेषज्ञ डा अर्जुन कार्कीले कोभिड–१९ महामारीले नेपालको स्वास्थ्य संरचनाको वास्तविकता उजागर गर्दै सरकार र सरकारी संरचनाले मात्रै नियन्त्रण, रोकथाम र उपचार गर्न नसक्ने प्रमाणित गरेको बताए । महामारीमा सबैले स्वास्थ्य मन्त्रालयको मात्रै मुख ताकेर बसेको उल्लेद गर्दै उनले मन्त्रालय भित्रको पुरानै प्रशासनिक तौरतरिकाले राम्रा कामले पनि निरन्तरता पाउन नसकेको बताए । कार्कीले विद्यमान सोच, प्रवृत्ति, प्रशासनिक तौरतरिकामा परिर्वतनको आवश्यकता औँल्याए ।

    महामारीलाई सम्बोधन गर्न विकसित मुलुकहरूले सेन्टर फर डिजिज कन्टोल एण्ड प्रिभेन्सन भनि छुट्टै स्वायत्त निकाय गठन गरेर काम गर्ने गरेको बताउँदै उनले त्यस्तै निकाय गठनका लागि पहल गर्न समितिको ध्यानाकर्षण गराए । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले भेरोसेल खोप चीनमा ७९ प्रतिशत प्रभावकारी रहेको खोज अनुसन्धानले देखाएको भन्दै खोपको प्रभावकारिता माथि शंका नगर्न आग्रह गरे । कडा प्रयोग र परीक्षण पछि मात्रै आउने भएकाले खोपहरूमाथि कुनै शंका गर्नुपर्ने आवश्यकता नभएको उनको भनाइ थियो ।

    डा पुनले कोभिड–१९ बारे विश्व नै अनविज्ञ भएकाले सुरुवाती समयमा निकै समस्या परे पनि अब भने सहज हुँदै गएको बताए । कुनै उमेर समूहलाई कोभिड नलाग्ने भन्ने भ्रममा नपर्न अनुरोध गर्दै उनले खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेमा जोड दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology