Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाका कारण बालबालिका निकै कम जोखिममा,नयाँ अध्ययनको निष्कर्ष

कोरोनाका कारण बालबालिका निकै कम जोखिममा,नयाँ अध्ययनको निष्कर्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७८ शनिवार • १३:२०:०१ बजे
  • 1.2K
    SHARES
  • कोरोनाका कारण बालबालिका निकै कम जोखिममा,नयाँ अध्ययनको निष्कर्ष

    कोभिडका कारण बालबालिकाहरू गम्भीर बिरामी हुने वा ज्यान गुमाउने जोखिम निकै कम रहेको एउटा नयाँ अध्ययनले पुष्टि गरेको छ। इङ्ल्यान्डमा महामारीको पहिलो १२ महिनाको विवरणका अनुसार १८ वर्षमुनिका २५ जनाले मात्रै कोभिडका कारण ज्यान गुमाएका छन्। एकभन्दा बढी दीर्घरोग भएका र स्नायु समस्या झेलिरहेकाहरू जोखिममा हुनेमध्येका रहे पनि समग्र जोखिम भने कम छ। त्यस्तो निष्कर्ष यूकेको खोप सुझाव समूहले निकालेको हो। स्वास्थ्यसम्बन्धी विभिन्न जोखिममा रहेका अवस्थामा समेत हाल १८ वर्ष मुनिका बालबालिकालाई नियमित कोभिड खोप दिइएको छैन।

    images

    युनिभर्सिटी कलेज लन्डन तथा योर्क, विस्टोल र लिभरपुल विश्वविद्यालयका वैज्ञानिकहरूले बालबालिकाबारे आफूहरूको अध्ययन अहिलेसम्म विश्वमै भएको मध्येको विस्तृत भएको बताएका छन् उनीहरूले इङ्ग्ल्यान्डको जनस्वास्थ्य तथ्याङ्क प्रयोग गरेर हेर्दा कोभिड-१९ बाट ज्यान गुमाउने धेरैजसो कलिला मानिसहरू पहिल्यै जोखिमयुक्त स्वास्थ्य समस्या भएको बताएका छन्।अध्ययनकर्ताहरूको अनुमानमा इङ्ग्ल्यान्डका झन्डै एक करोड २० लाख बालबालिकाको जनसङ्ख्यामा २५ जनाको मृत्यु हुनु एउटा फराकिलो अवस्था भएको र मृत्युदर प्रति १० लाखमा दुई जना हुनु रहेको बताउँछन्।

    हालैको तथ्याङ्क अनुसार महामारी सुरु भएयता यूकेमा झण्डै एक लाख २८ हजार ३०१ मानिसहरू कोभिड पोजेटिभ भएको २८ दिनभित्र ज्यान गुमाएका थिए।बेग्लै रूपमा वैज्ञानिकहरूले इङ्ल्यान्डमा फेब्रुअरी २०२१ सम्ममा अस्पतालको आपत्कालीन सेवा लिने बालबालिकाहरूको विवरण समेत हेरेका थिए।

    प्रमुख अनुसन्धानकर्ता प्राध्यापक रसेल भाइनलरका अनुसार खोप लगाएर बालबालिकालाई जोगाउने जटिल निर्णयहरू गर्नका लागि उनीहरूको अध्ययनमा मात्र भर नपरेर थुप्रै विमर्श आवश्यक पर्नेछ। तर उनले यदि पर्याप्त खोप हुँदो हो त केही निश्चित समूहका बालबालिकाहरू खोपबाट फाइदा लिन सक्ने भनेर आफ्नो अध्ययनले सुझाएको बताउँछन्। बिबिसी

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology