जिल्ला प्रहरी कार्यालय मोरङले आफ्नै दाइको ह'त्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका साजन सिंहलाई शुक्रबार राति आफ्नै दाजुको ह'त्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । साजनले शुक्रबार राति आफ्नै दाजुको ह'त्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।
घरायसी विवाद हुँदा शुक्रबार राति साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोला सिंहलाईलाई चक्कुले हानेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका भोलाको उपचारका क्रममा विराट अस्पतालमा राति ११ बजे नै मृत्यु भएको छ । पक्राउ परेका सिंहलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।