Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अश्लिल भिडियो देखाउँदै जबरजस्ती करणी गर्ने पक्राउ

अश्लिल भिडियो देखाउँदै जबरजस्ती करणी गर्ने पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७८ शनिवार • १३:२६:४० बजे
  • 2.0K
    SHARES
  • अश्लिल भिडियो देखाउँदै जबरजस्ती करणी गर्ने पक्राउ

    इलाका प्रहरी कार्यालय पथरीले जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एकजनालाई पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीको आधारमा मोरङ–पथरी शनिश्चरे नगरपालिका—१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साह पक्राउ परेका हुन् ।

    images

    साहले १३ वर्षीया बालिकालाई घरमा अरु नभएको बेला अश्लिल भिडियो देखाउँदै जबरजस्ती करणी गरेको खुलेको छ । पीडित बालिकाको परिवारसँग एउटै घरमा बस्दै आएका सप्तरीका साहविरुद्ध पीडित पक्षले किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

    साहले आफूलाई आँखाको डाक्टर बताएका छन् । यद्यपी प्रहरीले भने अनुसन्धानपछि मात्र त्यसबारे यकिन हुने जनाएको छ । साहले आफूलाई मोबाइलमा अश्लिल भिडियो देखाएर जबरजस्ती करणी गरेको कुरा बालिकाले परिवारलाई सुनाएपछि उनीहरु प्रहरीसमक्ष पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि साहलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अश्लिल भिडियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology