Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङका दुई जना २८.५ किलो ला'गूऔ'षध च'रेस सहित पक्राउ

बागलुङका दुई जना २८.५ किलो ला'गूऔ'षध च'रेस सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २६, २०७८ शनिवार • १५:३०:१४ बजे
  • 1.1K
    SHARES
  • बागलुङका दुई जना २८.५ किलो ला'गूऔ'षध च'रेस सहित पक्राउ

    रुपन्देही । बुटवलबाट २ जना व्‍यक्ति ला'गूऔ'षध च'रेस सहित पक्राउ परेका छन् ।

    images

    बाग्लुङ बढिगाउँ गाउँपालिका ८ बस्ने ३६ वर्षीय रोहित राना र सोही ठाउँका ६३ वर्षीय जीवन पुन पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

    बुटवल उपमहानगरपालिका ११ देविनगरस्थित नमस्ते पथ केएफसी पिज्जा हबमा शुक्रबार साँझ च'रेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समूह टोलीले २८.५ किलो ला'गूऔ'षध च'रेससहित उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।

    लु २५ प ६५४४ नम्बरको स्कुटर नियन्त्रणमा लिएको र पक्राउ परेकामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । यसैगरी दाङमा प्रहरीले ब्रा'उन सु'गरसहित २ जनालाई पक्राउ गरेका छ ।

    पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने २९ वर्षीय राकेश बस्नेत र सोही ठाउँका २७ वर्षीय अंकित रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology