Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा आफ्नै विद्यालयका बालिकालाई यौ'न दु'राचा'र गरेको आरोपमा प्रध्यानाध्यापक बास्तोला पक्राउ

पोखरामा आफ्नै विद्यालयका बालिकालाई यौ'न दु'राचा'र गरेको आरोपमा प्रध्यानाध्यापक बास्तोला पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २७, २०७८ आइतवार • १०:०७:२८ बजे
  • 2.3K
    SHARES
  • पोखरामा आफ्नै विद्यालयका बालिकालाई यौ'न दु'राचा'र गरेको आरोपमा प्रध्यानाध्यापक बास्तोला पक्राउ

    पोखरा । पोखरामा आफ्नै विद्यालयका बालिकालाई यौ'न दु'राचा'र गरेको आरोपमा प्रध्यानाध्यापक पक्राउ परेका छन्।

    images

    पोखरा २२ स्थित भुम्दीकोट माविका प्रध्यानाध्यापक विश्वराज बास्तोला आफ्नै विद्यालयका बालिकालाई यौ'न दुरा'चार गरेको आरोपमा प्रकाउ परेका हुन । बारम्बार यौ'न दु'र्व्यव'हार गरेको बालिकाको परिवारले थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए।

    उजुरी आएपछि प्रध्यानाध्यापक बास्तोलालाई बुधबार पक्राउ गरेर अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद थपेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।

    बास्तोलाले कक्षाकोठामै अरू विद्यार्थी नभएको मौका छोपेर बालिकालाई यौ'न दु'र्व्यव'हार गर्ने, फेसबुकमा अ'श्लि'ल मेसेज पठाउने, बजारतिर घुम्न जाने लगायतका प्रस्ताव राख्ने गरेको पीडित परिवारले प्रहरीलाई बताएका छन्।

    प्रध्यानाध्यापकको यस्तो हर्कतले बालिका मा'नसिक त'नावमा परेको भन्दै उनका परिवारले प्रअ बास्तोलालाई कु'टपि'ट समेत गरेका थिए। बास्तोलामाथि कु'टपि'ट भएपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उनको उपचार भएको थियो।

    अदालतले दिएको समयभित्रै अनुसन्धान सकेर मुद्दा चलाउने तयारी गरेको डिएसपी हमालले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology