Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाकेँको गेष्ट हाउसबाट रेडपाण्डा र भालुको पित्त सहित तीनजना पक्राउ

बाकेँको गेष्ट हाउसबाट रेडपाण्डा र भालुको पित्त सहित तीनजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १३:२६:४४ बजे
  • 811
    SHARES
  • बाकेँको गेष्ट हाउसबाट रेडपाण्डा र भालुको पित्त सहित तीनजना पक्राउ

    बाकेँ प्रहरीले रेडपाण्डा र भालुको पित्त सहित तीनजनालाई एक गेष्ट हाउसबाट पक्राउ गरेको छ ।

    images

    बाँके प्रहरीले दाङ घोराही उपमहानगरपालिका -४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन, र २९ वर्षीया रोविन बुढालाई पक्राउ गरेको हो ।शनिबार साँझ नेपालगंज उपमहानगरपालिका -१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट संरक्षित वन्यजन्तुका अंगसहित उनीहरू पक्राउ परेको प्रहरीले बताएको छ ।

    प्रहरीले होटलको भुइँतलामा रहेको कोठामा राखेकाे कालो झोलाभित्र संरक्षित रेडपाण्डा (हाब्रे) को छाला थान १, सोही खाटको सिरानीमुनि प्लाष्टिकभित्र भालुको पित्त ४ वटासमेत बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

    उक्त गेष्ट हाउसभित्रसंरक्षित वन्यजन्तुका अंग कारोबार भइरहेको सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    red panda.png

  • सम्बन्धित विषय:

  • # रेडपाण्डा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology