Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीका प्रमुख जिल्ला अधिकारी द्वारा पत्रकारहरुमाथि दुरब्यर्ववहार,पत्रकार संगठन द्वारा ध्यानाकर्षण

म्याग्दीका प्रमुख जिल्ला अधिकारी द्वारा पत्रकारहरुमाथि दुरब्यर्ववहार,पत्रकार संगठन द्वारा ध्यानाकर्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७८ आइतवार • १६:२१:४७ बजे
  • 2.8K
    SHARES
  • म्याग्दीका प्रमुख जिल्ला अधिकारी द्वारा पत्रकारहरुमाथि दुरब्यर्ववहार,पत्रकार संगठन द्वारा ध्यानाकर्षण

    म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारहरुमाथि आइतबार दुरब्यर्ववहार गरेका छन् ।

    images

    द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार साधन राम्जाली र धिरनबहादुर खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न रोक लगाएर प्रजिअले कार्यकक्षबाट निकालेका हुन् ।

    दृष्य र तस्बिर खिच्न रोक लगाई, धम्कीपूर्ण भाषा प्रयोग र दुरब्यवहार गर्दै कार्यकक्षबाट निकालिएको पत्रकार राम्जालीले बताउनुभयो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव राम्जाली म्याग्दी न्युज डटकम, आदर्शसमाज दैनिक, साधारण सदस्य खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, सम्बृद्ध साप्ताहिक, कोरला पोष्ट लगायत सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।

    “आयोजकले ज्ञापनपत्र पढ्न थालेपछि तस्बिर र दृष्य खिच्न क्यामेरा निकाल्दा प्रजिअले कसको अनुमतिमा खिच्नुभयो ? अनुमति बिना मेरो कार्यकक्षमा खिच्न मिल्दैन । बाहिर जानुहोस भन्दै धम्काउनुभयो,” राम्जालीले भन्नुभयो “हामिले परिचय दिदाँ पनि अपमानजनक ब्यवहार गरेर धम्काउदै कार्यकक्षबाट निकाल्नुभयो ।”

    सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग मार्फत द्धन्द्धपीडितका समस्या समाधान तथा माग सुनुवाईका लागि द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीका सचिब सुरेन्द्र केसीको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएका थिए ।

    प्रजिअले समाचार संकलनका लागि गरेको अवरोध र पत्रकारहरुलाई गरेको दुरब्यवहारको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले भत्र्सना र निन्दा गरेको छ । शाखा सचिब सन्तोष गौतमको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीबाट भएको गैरजिम्मेवारपूर्ण ब्यवहार तथा कार्यशैली सच्चाउन माग गरिएको छ ।

    “पत्रकारले स्वतन्त्र हिसाबले समाचार संकलन गर्न, नागरिकले सूचना पाउने अधिकारको संरक्षण, पारदर्शिता, शुसासन कायम गर्ने वातावरण बनाउन जोडदार माग गदैर्छौ,” सचिब गौतमले भन्नुभयो “प्रजिअको ब्यवहार आपत्तिजनक छ ।”

    पत्रकारलाई भएको दुरब्यवहारप्रति म्याग्दी मिडिया सोसाइटी, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालले पनि बिरोध र आपत्ती जनाएका छन् । प्रजिअ अधिकारीले भने पत्रकारलाई नचिनेर युट्युवर ठानेर अनुमति मानेर तस्बिर खिच्न अनुरोध गरेको प्रतिक्रिया दिनुभयो ।

    11.jpg

    12.jpg

  • सम्बन्धित विषय:

  • # दुरब्यर्ववहार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology