file pic
बागलुङ । बागलुङमा घरमा राखिएको भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन ।
जिल्लाको निसीखोला गाउँपालिका ४ थापा गाउँका ४६ बर्षीया नर बहादुर कुवरको घरबाट एक नाले भरुवा बन्दुक सहित प्रहरीले निजलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार बन्दुक लुकाई छिपाई राखेको भन्ने गुप्त सुचनाको आधारमा घर तलासी गर्दा फेला परेको बताए। भरुवा बन्दुक सहित कुँवरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
गण्डकी प्रदेशभरी ४१० जनामा कोरोना पुष्टि
कास्की । पछिल्लो २४ घण्टामा कास्कीमा फेरी संक्रमण बढेको छ । लकडाउन खुकुलो भए सँगै कास्कीमा कोरोना संक्रमण बढेको हो ।
प्रदेश जनस्वास्थ्य गण्डकीको दैनिकी अध्यावधि अनुसार कास्कीमा २१४ जनामा पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार १५३ जनामा गरिएको परिक्षणमा गण्डकी प्रदेशभरी ४१० जनामा कोरोना पुष्टि भएको हो ।
कास्कीमा २१४ सहित बागलुङमा ११९ जना,पर्वतमा २९ जना,लमजुङमा १५ जना,तनहुँमा ११ जना,गोरखामा ११ जना,स्याङ्जा र नवलपुरमा चार चार जनामा कोरोना पुष्टि भएको हो । यो सँगै गण्डकीमा संक्रमितको सङ्ख्या कुल ५९ हजार १६४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०० जना निको भएको छ ।
यो सँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५५ हजार २७२ पुगेको छ । गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १ पुगेको छ। मृत्यु हुनेमा कास्कीका बिभिन्न अस्पतालमा मात्रै पाचँ जनाले ज्यान गुमाए भने एक जनाको म्याग्दीमा होम आइसोलेशनमा र अर्का एकजनाको धौलागिरी अस्पतालमा ज्यान गएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले कास्की जिल्लाका २ जना, तनहुँ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका २ जना र स्याङ्जा जिल्लाका १ जना जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे आज पुष्टि गरेकाे हाे ।
त्यसैगरी म्याग्दी जिल्लाका १ जनाकाे हाेमआइसाेलेशनमा मृत्यु भएकाे निर्देशनालयले पुष्टि गरेकाे छ ।