Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा महानगरले सिल्टेसन ड्याम बाढीले बगाएपछि ठेकेदारविरुद्ध कानुनी उपचार खोज्ने

पोखरा महानगरले सिल्टेसन ड्याम बाढीले बगाएपछि ठेकेदारविरुद्ध कानुनी उपचार खोज्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २७, २०७८ आइतवार • २२:०३:०५ बजे
  • 1.4K
    SHARES
  • पोखरा महानगरले सिल्टेसन ड्याम बाढीले बगाएपछि ठेकेदारविरुद्ध कानुनी उपचार खोज्ने

    पोखरा । अविरल वर्षा सँगै आएकोबाढी र पहिरोले फेवाताल संरक्षणको लागी बनाएको सिल्टेशन ड्याम भत्काएपछी पोखरा महानगरपालिका ड्याम बनाउने ठेकेदार र कम्पनी बिरुद्द कानुनी उपचार खोज्ने भएको छ ।

    images

    हर्पन खोलामा आएको बाढीले भत्काएको सिल्टेसन ड्यामको डिजाइनकर्ता र निर्माण व्यवसायीलाई पोखरा महानगरपालिकाले स्पष्टीकरण सोधेको हो । उक्त ड्यामको डिजाइन के, कुन आधारमा गरिएको हो ? र डिजाइनमा भएको त्रुटिको कारणले यस्तो घटना भएको हो वा होइन भनी सो ड्यामको डिजाइन तयार गर्ने परामर्शदातालाई महानगरपालिकाले स्पष्टीकरण सोधेको हो ।

    ड्याममा अघिल्लो वर्षातमा भएको क्षति पश्चात गरिएको मर्मत सम्भारको विषयमा प्रश्न उठाइ उक्त निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीलाई पुनः मर्मत सम्भार गर्न पत्राचार गरिएको भन्दै विज्ञप्तिमा डिजाइनकर्ता तथा निर्माण व्यवसायीकोतर्फबाट कुनै जवाफ प्राप्त नभएकाले महानगरपालिकाले ताकेता गरेको महानगरपालिकाले जनाएको छ ।

    असार २३ गते भारी वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टिकाटिप्पणीप्रति पोखरा महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको भन्दै आइतबार विज्ञप्ति जारी गरेको छ । फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले ५ वटा खोलामा निर्माण गरिएका सिल्टेसन ड्यामहरुमध्ये हपर्न खोलामा बनाइएको ड्याममा क्षति पुगेको बारेमा आएका प्रतिक्रियामा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्तिमा निकालेर ध्यानाकर्षण भएको जनाएका हुन् ।

    ‘क्षतिग्रस्त उक्त सिल्टेसन ड्यामको गुणस्तर तथा निर्माणको क्रममा तयार गरिएको डिजाइनको विषयमा केन्द्रित भई प्रतिक्रिया आएको पाइएको छ,’ नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोजनाको त्रुटि सच्याउने अवधि तथा बिमा लगायत विषयमा महानगरपालिका थप स्पष्ट हुने प्रयास गरेको छ ।’

    नेपालीले जारी गरेको विज्ञप्तिमा सम्बन्धित पक्षहरुले कानुनी दायित्वबाट कुनै उन्मुक्ति नपाउने तथा कार्यालयले कानुनी रुपमा आफ्नो हित रक्षाका लागि चाल्नुपर्ने सम्पूर्ण कदमहरु चाल्ने र उक्त प्रकरणलाई सार्वजनिक खरिद सम्बन्धी विद्यमान नेपाल कानुन बमोजिम निष्कर्षमा पुर्‍याउने उल्लेख छ । सोही चरणमा निर्माण गरिएका अन्य तीन वटा ड्याम यस महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन बमोजिम मर्मत सुधार तथा पुनर्निर्माणको लागि अर्को कम्पनी फेवा सिल्टेसन प्रालिसँग हालै सम्झौता भई संरक्षणको कार्य आरम्भ भएको जानकारी गराउँदै उक्त सम्झौता बमोजिम सो प्रालिसँग वार्ता गरी स्थानीयबासीहरुले उठाएका विषयहरु तथा हाल ड्याममा पुगेको क्षति लगायत उत्पन्न परिस्थितिको समाधान निकालिने विज्ञप्ति मार्फत महानगरपालिकाले बताएको छ ।

    pokhara metro.jpg

     

  • सम्बन्धित विषय:

  • # सिल्टेसन ड्याम
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology