Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चितवन र महोत्तरीको घटना सेलाउन नपाउँदै बिर्तामोडमा पनि युवतीको शव फेला

चितवन र महोत्तरीको घटना सेलाउन नपाउँदै बिर्तामोडमा पनि युवतीको शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७८ सोमवार • १०:०१:३९ बजे
  • 730
    SHARES
  • चितवन र महोत्तरीको घटना सेलाउन नपाउँदै बिर्तामोडमा पनि युवतीको शव फेला

    चितवन र महोत्तरीको घटना सेलाउन नपाउँदै बिर्तामोडमा पनि एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

    images

    सोमबार बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जनाए।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको खुलेको छ । यसअघि चितवन, राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको बेपत्ता भएको १० दिनपछि शव फेला परेको थियो भने महोत्तरीमा गत जेठ २० गतेदेखि बेपत्ता भएकी सुजिता ठाकुरको पनि करिब ४० दिनपछि गाडिएको अवस्थामा शव फेला परेको थियो ।

  • सम्बन्धित विषय:

  • # युवतीको शव फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology