Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विद्युत् र इन्टरनेट नहुँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको सेवा ठप्प

विद्युत् र इन्टरनेट नहुँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको सेवा ठप्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७८ सोमवार • १३:०६:३० बजे
  • 2.1K
    SHARES
  • विद्युत् र इन्टरनेट नहुँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको सेवा ठप्प

    म्याग्दी । विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ ।

    images

    बर्सातसँगैको पहिरोले विद्युत्को पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक लगायतका काम प्रभावित भएको हो । मुदीको डाँडामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति गरेपछि ताररहित प्रविधिको इन्टरनेट बन्द भएको छ ।

    असार पहिलो हप्ता गाउँपालिकाको कार्यालयमा केन्द्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको थियो । गत सोमबारदेखि गाउँपालिकाको केन्द्र मुनामा विद्युत् र इन्टरनेट सेवा बन्द भएको थियो । तत्कालै नबन्ने देखिएपछि ताकमस्थित वडा नं ७ को कार्यालयमा गएर काम गर्न थालिएको छ । प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले अरु कुनै विकल्प नभएपछि ताकम आएर आर्थिक तथा प्रशासनिक काम गर्नुपरेको बताए । “महत्वपूर्ण सूचना आदानप्रदानदेखि लेखाको सबै काम गर्न इन्टरनेट र विद्युत् आवश्यक पर्छ । तीन दिनसम्म कुरेर बस्यौँ”, उनले भने, “छिट्टै बिजुली र इन्टरनेट मर्मत नहुने देखिएपछि ताकम आएर काम गरेका छौँ ।” प्रशासकीय अधिकृत शर्मा, लेखा अधिकृत कृष्ण खराल लगायत आठ जना लेखा, प्रशासन र प्राविधिक शाखाका कर्मचारी शुक्रबार ताकम आएका थिए । दुई जना काम सकेर मुना फर्किएका छन् ।

    छ जनाले वडा कार्यालयको भवनमा बसेर काम गरिरहेका छन् । आर्थिक वर्षको अन्तमा योजना तथा कार्यक्रमको भुक्तानी गर्नेदेखि धेरै किसिमका प्रशासनिक कामको चाप छ । अत्यावश्यक पूर्वाधारको अभावमा कर्मचारी र सेवाग्राहीहरुलाई यता उता गरिरहँदा समस्या भएको छ । कागजात पु¥याउन र नमिलेको बनाउन समस्या भएको हो । ताकममा विद्युत्को वैकल्पिक व्यवस्था भए पनि आइतबारसम्म नियमित इन्टरनेट थिएन ।

    टेकमाइन्ट कम्पनीको नेट र मोबाइलको डाटाबाट फोर जी चल्न थालेपछि केही सहज भए पनि काम गर्न साह्रै समस्या भएको कर्मचारीले बताएका छन् । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले चट्याङले क्षति पु¥याएको टावर मर्मतका लागि बेनीमा सामान नपाइएपछि पोखराबाट मगाइएको बताए ।रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology