Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२,३७० कोरोना संक्रमित थपिदा १,१३३ जना संक्रमणमुक्त, १८ जनाको मृत्यु

२,३७० कोरोना संक्रमित थपिदा १,१३३ जना संक्रमणमुक्त, १८ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०७८ सोमवार • २०:१४:५७ बजे
  • 823
    SHARES
  • २,३७० कोरोना संक्रमित थपिदा १,१३३ जना संक्रमणमुक्त, १८ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार १३३ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ ।

    images

    योसँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ४०० जनाको मृत्यु भएको छ मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४३३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २८९, ललितपुरका ९० र भक्तपुरका ५४ जना संक्रमित छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology