Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजबाट ५५ देखि ६० वर्षसम्मका उमेर समूहलाई चिनियाँ खोप लगाइँदै

आजबाट ५५ देखि ६० वर्षसम्मका उमेर समूहलाई चिनियाँ खोप लगाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७८ मंगलवार • १०:२३:२० बजे
  • 967
    SHARES
  • आजबाट ५५ देखि ६० वर्षसम्मका उमेर समूहलाई चिनियाँ खोप लगाइँदै

    आजबाट कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन हुँदैछ । खोप अभियान अन्तर्गत आज ९मंगलवार०देखि प्राथमिकताका आधारमा खोप लगाइने भएको हो । चीन र अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा सार्वजनिक यातायातका चालकरसहचालक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र विदेशी शरणार्थीसहित ५० देखि ६० वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरू गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ५५ देखि ६० वर्षसम्मको उमेर समूहलाई चिनियाँ ‘भेरोसेल’ खोप लगाइने भएको हो । यस्तै, खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूह र विश्वविद्यालयका प्रध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालकरसहचालकलाई पनि यो खोप लगाउन लागिएको हो ।

    हालसम्म २६ लाख ११ हजारलाई खोपको पहिलो र १० लाख ४१ हजारलाई दोस्रो मात्रा लगाइएको छ । खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान आग्रह गरेको आग्रह समेत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology