Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्कीमा मंगलवार १४९ जनामा कोरोना पुष्टि,पाचँ जनाको मृत्यु

कास्कीमा मंगलवार १४९ जनामा कोरोना पुष्टि,पाचँ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २९, २०७८ मंगलवार • २०:००:३८ बजे
  • 628
    SHARES
  • कास्कीमा मंगलवार १४९ जनामा कोरोना पुष्टि,पाचँ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा कास्की लगाएत गण्डकी प्रदेशका जिल्लाहरुमा ३४४ जनामा कोरोना पुष्टि भएको छ । भने प्रदेशभर ६ जनाले ज्यान गुमाएका छन ।

    images

    स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशको अध्यावधि अनुसार कास्कीमा १४९, म्याग्दीका ३, पर्वत १७,लमजुङ २०,गोरखा ३०, तनहुँ ४३ बागलुङ ५१ स्याङ्जामा १२ र नवलपुरमा १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ हजार ७८५ पुगेको छ ।

    प्रदेशमा पछिल्लो २४ घण्टामा ४४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ५६ हजार १४६ पुगेको छ ।

    यसै गरी पछिल्लो २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा ५ जना र एक जनाको चितवन अस्पतालमा ज्यान गएको हो । ज्यान गुमाउनेमा तनहुँमा १,बागलुङ १,म्याग्दी १,स्याङ्जा १,नवलपरासी पूर्वमा १ र लमजुङमा १ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

    स्याङ्जा पुतलीबजार–८ का ५१ वर्षीय पुरुष,तनहुँ शुक्लागण्डकी–१२ क ७९ वर्षीय पुरुष, लमजुङ राइनास –८ का ७१ वर्षीय पुरुष, म्याग्दी मङ्गला–३ की ९० वर्षीया महिला,बागलुङ,काठेखोला –२ का ५५ वर्षीय पुरुष र नवलपरासी पूर्व देवचुी –१ की ७५ वर्षीय महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology