इलाम । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी महिलाको ह'त्यामा संलग्न अदालतका मुख्य न्यायाधीशका सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक युवराज बानियाँलाई प्रहरीले सार्वजनिक गरेको छ ।
उच्च अदालत विराटनगर इलाम इजलास परिसरमा मृ''त अवस्थामा फेला परेकी विमलाकुमारी पराजुलीको ह'त्या प्रहरीबाटै भएको खुलेको हो । मुख्य न्यायाधीशका सुरक्षा गार्डले व्यक्तिगत सम्बन्धकै कारण ह'त्या ग'रेको र न्यायाधीशकै क्वार्टरनजिक फा'लेको प्रहरीसँग बानियाँले स्वीकारेका छन् ।
मुख्य न्यायाधीसको क्वाटरमा बानियाँले पराजुलीको ह'त्या गरेको स्वीकारेको इलामका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए । आइतबार साँझ क्वाटरमा ह'त्या गरेर हिँडेका बानियाँले राति आएर श'व बाहिर फ्याँकेका थिए । धनकुटा होली खर्क– ५ घर भएका बानियाँ दुई वर्षदेखि मुख्य न्यायाधीसको सुरक्षा गार्डका रुपमा खटिएका थिए ।
प्रसनि बानियाँ र मृ'तक पराजुलीबीच लामो समयदेखि सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा झ'गडा हुँदा ह'त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी श्रेष्ठले बताए ।
मुख्य न्यायाधीश बिदामा रहेकोले क्वाटरको तालाचाबी बानियाँसँगै थियो । पराजुलीले ब'लात्का'रको मुद्दा लगाउने चेतावनी दिएपछि बानियाँले आइतबार दिउँसो ४ बजेतिर उनको ह'त्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ की ४८ वर्षीया पराजुलीको शं'कास्पद अवस्थामा सोमबार बिहान श'व भेटिएको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि संघीय इकाई प्रहरी धरानबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थालेको थियो । कुकुरको संकेत, घटनास्थल, लासको प्रकृति, मृ'तकको मोबाइल नम्बरको कुराकानीको आधारमा न्यायाधीशको सुरक्षा गार्डको रूपमा कार्यरत धनकुटा घोर्लिखर्क–५ घर भएर उच्च अदालत इलाममा न्यायाधीशको सुरक्षार्थ खटिएका ३५ वर्षीय बानियाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
न्यायाधीश नभएका वेला बानियाले उनको निवासमा महिलाको घाँ'टी थि'चेर ह'त्या ग'रेको जिल्ला प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले बताए । घटनापछि प्रहरीले केही घन्टाभित्रै आरोपी बानियालाई पक्राउ गरेको थियो । पराजुलीको ब'लात्का'रपछि ह'त्या हु'न सक्ने आशंका गरिको छ । तर, बानियाले ब'लात्का'र गरेको स्वीकारेका छैनन् ।
‘बानियाले आफूले ह'त्या गरेको स्वीकारेका छन्,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘ब'लात्का'र गरेको स्वीकार गरेका छैनन्, तर उनको भनाइमा हामीलाई विश्वास लागेको छैन ।’ उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।