Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

शिशु जन्मिएपछि घाँ'टी थि'चेर ह'त्या, पसलभित्र ‘खाल्डो खनेर गा'डेपछि’ आमासहित परिवारै पक्राउ

शिशु जन्मिएपछि घाँ'टी थि'चेर ह'त्या, पसलभित्र ‘खाल्डो खनेर गा'डेपछि’ आमासहित परिवारै पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७८ बुधवार • १२:३८:१९ बजे
  • 1.1K
    SHARES
  • शिशु जन्मिएपछि घाँ'टी थि'चेर ह'त्या, पसलभित्र ‘खाल्डो खनेर गा'डेपछि’ आमासहित परिवारै पक्राउ

    मोरङ । मोरङको रंगेलीमा शिशु जन्मन साथ ह'त्या ग'रेको आरोपमा आमा सहित परिवारका चारै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    सोमबार राती जन्मिएकी छो'रीको ह'त्या ग'री सासु ससुराले सञ्चालन गर्दै आएको पसलभित्र गा'डे'को आ'रोपमा शिशुको आमा र बाबुसहित सासुससुरालाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्लाको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ कि खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् । खुश्बुका बुबा आमाले सञ्चालन गर्दै आएको मदिरा पसल भित्र शि'शुको श'व गा'डेको अव'स्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

    खुश्बुको घर र मदिरा पसल करिब पाँच सय मिटरको दूरीमा छ । घटना लु'काउन श्रीमान, र आमाबुबाको हात देखिएको प्रहरीको दाबी छ । इलाका प्रहरी कार्यालय रङ्गेलीले घटनामा संलग्न रहेकी खुश्बु, उनका ५० वर्षीय बुवा नागेश्वर मण्डल, उनकी ४८ वर्षीया आमा उर्मिला मण्डल र श्रीमान् २८ वर्षीय अरुण मण्डललाई पक्राउ गरिएको श्रेष्ठले बताए।

    श्रेष्ठका अनुसार उनको कोखबाट छोरी जन्मिएकी थिइन् । जन्मिनेवित्तिकै उनले ब्लां'केटले घाँ'टी थि'चेर ह'त्या गरेकी थिइन्। घटना थाहा पाएलगत्तै प्रहरी टोली सोमबार घटनास्थल पुगेर शि'शुको श'व खा'ल्डोबाट उधिनेर निकालेको थियो। पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए । 

    खुश्बुका श्रीमान् अरुण वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए। तीन वर्षदेखि विदेशमा रहेका उनी गत चैतमा घर फर्किएका थिए। उनी घर फर्किँदा खुश्बुको पेट बढेको थियो। अरुणले श्रीमती गर्भवती भएको शंका गरी केरकार पनि गरेका थिए। ‘तर, श्रीमतीले पेटमा बोसो लागेको, केही होइन भन्दै टार्दै आएकी थिइन्, उनका श्रीमानले पनि त्यो कुरा पत्याइरहेका रहेछन्,’ प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले भने, ‘तर, खुश्बुले शिशु जन्माएपछि आकस्मिक रूपमा परिवारै मिलेर ह'त्या गरेको खुलेको छ।’ 

    पक्राउ परेका चारै जनालाई क'र्त'व्य ज्या'नमुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने अनुमतिसाथ अनुसन्धान थालिएको एसपी जिसीले बताए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology