Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज पनि देशभर मौसममा बदली भएकाले अधिकांश ठाउँमा पानी पर्ने

आज पनि देशभर मौसममा बदली भएकाले अधिकांश ठाउँमा पानी पर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • ०९:२४:४९ बजे
  • 841
    SHARES
  • आज पनि देशभर मौसममा बदली भएकाले अधिकांश ठाउँमा पानी पर्ने

    आज पनि देशभर मौसममा बदली भएकाले अधिकांश ठाउँमा पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ ।

    images

    अहिले प्रदेश एक, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज राति धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

    शनिबारदेखि देशभर मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलामा बाढीको खतरा रहेकाले दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # देशभरको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology