Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लामो दूरीको सार्वजनिक यातायात खुल्ला गर्दै, उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी

लामो दूरीको सार्वजनिक यातायात खुल्ला गर्दै, उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • १०:०८:५८ बजे
  • 1.5K
    SHARES
  • लामो दूरीको सार्वजनिक यातायात खुल्ला गर्दै, उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी

    लामो दूरीको सार्वजनिक यातायात खुल्ला गर्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । आज दिउँसो १ बजे काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निर्णय हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

    images

    भट्टराईका अनुसार लामो दुरीका सार्वजनिक यातायात खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुनेछ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् । फेरि कोरोना संक्रमण बढ्दै गएपनि खोप लगाउने क्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा तीने जिल्लाका प्रजिअहरु एकमत छन् ।

    उद्यपी यसको आधिकारिक निर्णय काठमाडौँ जिल्ला प्रशासनमा आज बस्ने बैठकले टुंगो लगाउने उनले बताए । काठमाडौँ उपत्यकाभित्र २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात यसअघिबाटै चलिरहेका छन् । बैशाख १६ गते देखि जारी निषेधाज्ञा असार ३१ गते (आज) राति १२ बजे सकिंदै छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology