कञ्चनपुर । भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कु'टपि'टबाट मृ'त्यु भएको छ ।
आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कु'टपि'टबाट उनको मृ'त्यु भएको हो ।
कु'टपि'टबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।
कु'टपि'टमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए ।रासस