Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंं उपत्यकामा फेरि १० दिन थपियो निषेधाज्ञा, काठमाडौं भित्रिन प्रशासनको पास नचाहिने

काठमाडौंं उपत्यकामा फेरि १० दिन थपियो निषेधाज्ञा, काठमाडौं भित्रिन प्रशासनको पास नचाहिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • २०:१२:३९ बजे
  • 1.3K
    SHARES
  • काठमाडौंं  उपत्यकामा फेरि १० दिन थपियो निषेधाज्ञा, काठमाडौं भित्रिन प्रशासनको पास नचाहिने

    काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ । बिहीबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले साउन १० गतेसम्म जारी निषेधालाई निरन्तरता दिने निर्णय गरेको हो ।

    images

    शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो । साथै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले पुरानै नियम जारी राखेको जानकारी दिंदै भने, ‘मोडालिटी फेरबदल भएको छैन । बाहिरबाट आउने सवारी साधनको हकमा सीडीओसँग समन्वय गरेर आउन पाउने छन् ।

    KM1.jpg

    KM2.jpg

  • सम्बन्धित विषय:

  • # उपत्यका
  • # काठमाडौंं
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology