गैर आवसिय नेपाली संघ जापानको आसन्न अधिबेसनको पुर्व सन्ध्यामा सहमतिको प्रयास सुरु भएको छ।साझा लक्ष्य र उदेश्य बोकेकोसंस्थालाई नेतृत्व पनि साझा नै हुनु पर्ने भन्दै कम्तिमा मुख्य पदहरुमा सर्ब सहमतीको प्रयास सुरु गरिएको हो।
मुख्य नेतृत्वमा आफ्नो उम्मेदवारी घोषणा गरेका केही उम्मेदवारहरु को आज सम्पम्न छलफलले सहमतिका लागी भन्दै एनआरएनएजापानका उपाध्यक्ष तथा बर्ष २१-२३ का बरिष्ठ उपाध्यक्षका प्रभाबशालि उम्मेदवार दिपक कार्कीले आफ्नो बरिष्ठ उपाध्यक्षकोउम्मेदवारी फिर्ता लिदै एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद( ICC) को सदस्य पदमा आफ्नो उम्मेदवारी मनोनयन गर्नु भएको छ।
म बिगत देखी नै एनआरएनए भित्र हुने सबै खाले बिकृति बिसंगतिको बिरुद्द थिए र छु यस भित्र हुने कुन्सित राजनितिले थुप्रै क्षमतावानमान्छेहरु संस्थाबाट जहिले पनि बाहिर रहनु परेको भोगाई पनि प्रशस्त छन यसैले यसपाली कुन्सित राजनितिको बलमा एनआरएनएजस्तो गौरब बोकेको संस्थालाई भष्ट्राचार,अनियमितता र बिकृतिको अड्डा नबनाईयोस भनेर क्षमतावान र योग्य मान्छेहरुको बिचमास्वस्थ प्रतिस्पर्धा र सहकार्य होस भनेर आफु एक कदम पछी फर्केर भए पनी एनआरएनए जापानमा सहमतिको प्रयास सुरु गरेकोकार्कीले मयुरपाटी संग बताउनु भयो।
आफुले सुरुमा नै बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेता पनि सबै क्षेत्र र केन्द्र संग छलफल गर्दा यो पाली आफु आईसिसी सदस्यका लागी उठ्न उपयुक्त ठानेर अन्तिम समयमा यो निर्णय लिएको र यसबाट शुभेच्छुक शुभचिन्तकहरुमा पर्न गएको असुबिधा प्रतिक्षमा माग्दै यो पाली आईसिसी सदस्यका लागी सहयोग गरिदिनका लागी कार्कीले सम्बद्द सबै संग अनुरोध गर्नु भएको छ।
लामो समय देखी जापानको नागोया क्षेत्रमा ब्यापार गर्दै आउनु भएका कार्की मोना जापानका अध्यक्ष सहित दर्जनौ सामजिक संघसंस्थाको नेतृ्त्वमा रही काम गर्दै आउनु भएको छ।