काठमाडाैं – इनफ इज इनफ आन्दोलनका अभियन्ताले अनलाइन खवरका सह–सम्पादक विश्वास खड्काथोकीमाथि दुव्र्यवहार गरेकाछन् ।
अनसनरत ई र समायरा श्रेष्ठबारे मंगलबार दिउसो रिपोर्टिङ गर्न वसन्तपुर पुगेका पत्रकार खड्काथोकीमाथि हातै हाली दुव्र्यवहार गरेकाहुन् । कोभिड १९ मा सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै इनफ इज इनफका अभियन्ता ई र समायरा १२ दिनदेखिअनसनमा छन् ।
पत्रकार खड्काथोकीले सामाजिक सञ्चालमा अनसनरत समायरासँग कुरा गर्दै गर्दा पछाडीबाट अपशब्द बोल्दै आन्दोलनका एक अभियन्ता आएर कुममा समाइ घिच्याएको बताएका छन् । उनले थप लेखेका छन्, ‘छातीमा प्लेकार्ड टाँसेका ती अभियन्ताले दोस्रो पटकज्याकेट तान्दै तिमी काबाट हो निस्कीहाल भन्दै दुव्र्यवहार गरे ।’ यस्तो गतिविधिले आफुलाई निकै मर्माहत बनाएको पत्रकारखड्काथोकीले बताएका छन् । ‘म इनफ इज इनफकै अनुमति र समायराको स्वास्थ्य अवस्था बुझेरै कुरा गरिरहेको थिएँ’, पत्रकारखड्काथोकीले भने, ‘समायरा आफुबारे कुरा गर्न निकै उत्साहित हुनुहुन्थ्यो । तर, इनफ इज इनफ आन्दोलनका दुई तीन जनाले जवरजस्ती गर्दै बाहिर निकाले ।’
देश परिवर्तन गर्छु भन्दै हिँडेका र अरुलाई सुशासनको पाठ सिकाउने अभियन्ताहरुले कम्तिमा यस्तो नीच काम चाही गर्न नहुनेखड्काथोकीले सामाजिक सञ्जालमा लेखेका छन् । यसलाई खड्काथोकीले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बताउँछन् ।
घटनाको घोर भत्सर्ना गर्दै क्रियाशिल दलित पत्रकार संघ नेपालले विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा भनिएको छ – रिपोर्टिङकोशिलशिलामा दुव्र्यवहार गर्ने व्यक्तिलाई पहिचान गरि कारवाही गरियोस् । पत्रकार खड्काथोकी संघको सचिव हुन् । एक दशकदेखिपत्रकारितामा सक्रिय खड्काथोकीले सामाजिक विषयमा फिचर लेख्दै आएका छन् ।