Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टोकियो ओलम्पिकमा सहभागी हुन, १० सदस्यीय टोली जापान जाँदै

टोकियो ओलम्पिकमा सहभागी हुन, १० सदस्यीय टोली जापान जाँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७८ शुक्रवार • ०९:१०:४७ बजे
  • 2.3K
    SHARES
  • टोकियो ओलम्पिकमा सहभागी हुन, १० सदस्यीय टोली जापान जाँदै

    टोकियो ओलम्पिकमा सहभागी हुन आज १० सदस्यीय टोली जापान जाँदै छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, सुटिङकी कल्पना परियार, सुटिङका प्रशिक्षक असिम यादव, नेपाल ओलम्पिक कमिटी (एनओसी) का कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, टिम लिडर सुनिलकुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सूर्य नारायण श्रेष्ठ जापान जान लागेका हुन् ।

    images

    एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने आउँदो सोमवार पाँच सदस्यीय टोली जापान जाने छ । यस्तै साउन १० गते राखेप उपाध्यक्ष शिव कोइराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक इन्दिरा मल्ल र एनओसी उप–महासचिव पिताम्बर तिम्सिना जापान जाने छन् । यसअघि पौडीका तीन सदस्यीय नेपाली टोली जापान पुगिसकेका छन् ।

    टोकियो ओलम्पिक आउँदो साउन ८ गतेदेखि हुँदैछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, चार प्रशिक्षक र पदाधिकारीसहित २६ सदस्यीय टोलीको सहभागिता रहनेछ । ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # टोकियो ओलम्पिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology