Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए पोल्याण्ड निर्वाचन:आईसीसी सदस्यमा वौद्धिक व्यक्तित्व राई उम्मेदवार 

एनआरएनए पोल्याण्ड निर्वाचन:आईसीसी सदस्यमा वौद्धिक व्यक्तित्व राई उम्मेदवार 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७८ शुक्रवार • ०९:३०:३१ बजे
  • 1.1K
    SHARES
  • एनआरएनए पोल्याण्ड निर्वाचन:आईसीसी सदस्यमा वौद्धिक व्यक्तित्व राई उम्मेदवार 

    पोल्याण्ड / गैर आवासीय नेपाली संघ पोल्याण्डको आगामी जुलाई १९ मा हुने निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी) सदस्यको पदका लागि गोपाल राई उम्मेदवार बनेका छन्।

    images

    गैर आवासीय नेपाली संघ पोल्याण्डको छैठौं महाअधिवेशन नजिकिँदै गर्दा प्रत्यासीको चुनावी प्रचारप्रसारले तीव्रता पाएको छ यसै क्रममा आइसीसी सदस्यमा एनआरएनए पोल्याण्डका पूर्व अध्यक्ष गोपाल राईले प्रत्यासीका रुपमा आफूलाई अगाड़ी सारेका छन् ।
    विगत १४ वर्ष देखि पोल्याण्डमा बसोबास गर्दे आएका राई पोल्याण्डका एक वौद्धिक व्यक्तित्व मानिन्छन्। एनआरएनए पोल्याण्डको निर्वाचन समिति, कार्यसमिति उपाध्यक्ष हुँदै सन् २०१७- २०१९  कार्यकालको अध्यक्षको जिम्मेवारी वहन गरेको अनुभव राईसँग छ। एनआरएनए पोल्याण्डलाई संस्थागत विकास गर्दे संस्थालाई पोल्याण्डमा रहेका नेपाली माझ पुर्याउने कामको पहल राईकै कार्यकालमा भएको मानिन्छ। 

     पोल्याण्डका नेपालीहरुको सुख दुःखका साथी राईले संस्थामा समन्वयात्मक भूमिका निर्वाह गर्ने र युवालाई नेतृत्वदायी भूमिकामा लान सधैं अग्रसर व्यक्तिको पहिचान बनाएका छन्।पोल्याण्डको नेपाली समुदायले राईलाई एनआरएनए आइसीसीको नेतृत्व गर्न सक्ने उपयुक्त पात्र स्वीकारेको पाइन्छ।

    एनआरएनए पोल्याण्डको अध्यक्ष हुँदा गरेको कामको अनुभवलाई प्रयोग गर्दे आइसिसी र एनसीसी बीचको सम्बन्ध सुदृढ गर्ने, आपतकालीन कोषलाई थप प्रभावकारी बनाउने, केन्द्रका लगानीमा हुने प्रोजेक्टमा पोल्याण्डबासी नेपालीको संलग्न गराउन लाग्ने,पोल्याण्डमा नेपाल सेन्टरको स्थापना गर्न पहल गर्ने लगायतका आफ्ना आइसीसी सदस्यका लागि आगामी कार्ययोजना रहेको भन्दै ५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।हेरौं आइसीसी सदस्यका उम्मेदवार गोपाल राईको अपिल जस्ताको त्यस्तै।

    नमस्कार
    म गोपाल राई विगत १४ वर्ष देखि पोल्याण्डमा बसोबास गरिरहेको छु। सो क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा एनआरएनए पोल्यान्ड लाई सहयोग गर्दै आइरहेको छु। एनआरएनए पोल्यान्डको चुनाव कमिटि, auditing कमिटि, उपाध्यक्ष हुँदै अधक्ष्य (२०१७-२०१९) सम्मको जिम्मेवारी लिई यहाँ सम्म आइपुगेको छु। यसरी (२०१७-२०१९) मा म एनआरएनए अध्यक्षको जिम्मेवारी लिइरहँदा निम्न कामहरू सम्पन्न गर्न सफल भए।
     ✅ नेपालको कला, संस्कृति, पर्यटन र सम्पदाको संरक्षण साथै पोल्याण्डमा नेपालको संस्कृति लाई चिनाउन पोल्याण्डमा बिभिन्न कार्यक्रम हरूको आयोजना र सफतापूर्वक सम्पन्न।
     ✅ विदेशमा रहेका नेपालीहरूलाई नेपाली नागरिकताको निरन्तरता  तथा अन्य समस्या को बारेमा नेपाल सरकारका राष्ट्रपति, मन्त्रि र राजदूत संग निवेदन पेश।
     ✅ भूकम्प पश्चात, दोलखामा स्कूल निर्माण कार्य सम्पन्न ।
     ✅ पोल्याण्डमा रहेका नेपाली हरुलाई भै परि आएको खण्डमा  प्रत्यक्ष्य सहयोग गर्न सकियोस् भनी इमर्जेन्सी फन्डको स्थापना ।
    यस्तै र यो भन्दा अझ राम्रो काम गर्ने विचारका साथ आइसिसी सदस्य पोल्यान्ड को लागि मेरो उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु। 
    साथै अबको कार्यकालको लागि निम्नलिखित प्रतिवद्धताहरु राख्न चाहन्छु।
    १. आइसिसी र एनसीसी बीचको सम्बन्ध सुदृढ बनाउने।
    २. इमरजेन्सी फन्डलाई प्रभावकारी बनाउने।
    ३. क्षेत्रिय कमिटि गठन गर्न सहयोग गर्ने ।
    ४. केन्द्रबाट लगानी हुने नेपाली प्रोजेक्टमा पोल्यान्ड बासीलाई पनि  लगानी  गर्ने वातावरण मिलाउने। 
    ५. एनसीसी र आइसिसी बिच समन्वय गरी पोल्याण्डमा Nepal Center स्थापना गर्ने जहाँबाट पर्यटन प्रबंधनका कामहरू, नेपालीलाई आवस्यक पर्ने सिपमुलक प्रशिक्षण हरु, संस्कृती आदानप्रदान का कामहरू लगायत अन्य व्यक्तित्व विकासका कामहरू निरन्तर रूपमा सञ्चालन गर्ने। 

    धन्यवाद 
    गोपाल राई
    फोन नं- ५१७९८४३३२

  • सम्बन्धित विषय:

  • # एनआरएनए पोल्याण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology