पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ ।
उनलाई थप उपचारकोलागी हेलिकप्टरमार्फत काठमाण्डौ स्थित बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा लगिएको छ ।आज बिहान ४ बजे अचानक अस्वस्थ भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल लगिएको थियो ।
उच्च रक्तचापका बिरामी जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उदृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए ।
अवस्था खतरामुक्त छ । ‘मेयर साबको अवस्था जटिल छैन भनेर डाक्टरहरूले भन्नुभएकाे छ । उहाँ बोलिरहनुभएको छ।’ बरालले भने – ‘दाहिनेतिरको नसामा सानो अवरोध देखिएको भनिएको छ । त्यसले देब्रे हरमा समस्या देखिएको हाे ।’
२०७४ सालको स्थानीय तहको निर्वाचनमा जिसी नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् ।