Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा ठुलो मात्रामा २०१६ एम्पुल ला'गुऔ'षध र पाँचलाख सहित एक जना पक्राउ

पोखरामा ठुलो मात्रामा २०१६ एम्पुल ला'गुऔ'षध र पाँचलाख सहित एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७८ शुक्रवार • ११:०५:४६ बजे
  • 1.4K
    SHARES
  • पोखरामा ठुलो मात्रामा २०१६ एम्पुल ला'गुऔ'षध र पाँचलाख सहित एक जना पक्राउ

    पोखरा । कास्की प्रहरीले पोखरामा ठुलो मात्रामा ला'गुऔ'षध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १ बगर बस्ने अर्जुन कुमार गुरुङ रहेका छन ।

    images

    उनको साथबाट प्रहरीले ला'गुऔ'षध डाईजापान– ६७० एम्पुल, फेनेरागन– ६७० एम्पुल, नुर्फिन– ६७४ एम्पुल गरी जम्मा २०१६ एम्पुल, मोबाइल थान १ र नगद रु पाँचलाख २१ हजार दुईसयसहित फेला पारेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एव् डिएसपी सुवास हमालका अनुसार ला'गुऔ'षध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनको तलासी लिँदा घरकोठाबाट सुटकेसभित्र लुकाइ छिपाइ राखेको अवस्थामा उक्त मात्रामा ला'गुऔ'षध र रकम फेला हो ।

    गुरुङलाई ला'गुऔ'षध सम्बन्धी कसुर अन्तरगत  जिल्ला अदालत कास्कीमा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता हमालले बताउनु भएकाे छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology