Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा साथीहरूसँग मापसे गरी बसेका २७ बर्षे युवकको भिरबाट लडेर मृत्यु

पोखरामा साथीहरूसँग मापसे गरी बसेका २७ बर्षे युवकको भिरबाट लडेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १, २०७८ शुक्रवार • १७:४७:४५ बजे
  • 3.3K
    SHARES
  • पोखरामा साथीहरूसँग मापसे गरी बसेका २७ बर्षे युवकको भिरबाट लडेर मृत्यु

    पोखरा । पोखरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा गोरखा घर भई हाल पोखरा-७ मासबार बस्ने वर्ष २७ का सन्जोग थापा रहेका छन् ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार  साथीहरूसँग मादक पदार्थ सेवन गरी बसेका थापा गए राति करिब २ बजे पोखरा महानगरपालिका-१८, मेथलाङ डाडोस्थित भिरबाट अन्दाजी ५० मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।

    उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले थापाका केही साथीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology