Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कास्कीका १४६ सहित गण्डकीमा थप ३८१ जनामा कोरोना पुष्टि

कास्कीका १४६ सहित गण्डकीमा थप ३८१ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १, २०७८ शुक्रवार • १८:०२:४५ बजे
  • 796
    SHARES
  • कास्कीका १४६ सहित गण्डकीमा थप ३८१ जनामा कोरोना पुष्टि

    पोखरा । पछिल्लो २४ घण्टामा कास्की लगाएत गण्डकी प्रदेशका जिल्लाहरुमा ३८१ जनामा कोरोना पुष्टि भएको छ । भने प्रदेशभर ३ जनाले ज्यान गुमाएका छन ।

    images

    स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशको अध्यावधि अनुसार कास्कीमा १४६,तनहुँका २० जना, गोरखाका एक जना, लमजुङका आठ जना, नवलपुरका ४१ जना र स्याङ्गजाका ३५ जना पर्वतका ७३ जना, बागलुङका ३९ जना, म्याग्दीका पाँच जना, मुस्ताङका ११ जना र मनाङ जिल्लाका दुई जनामा कोरोना पुष्टि भएको हो ।

    आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६० हजार ९०० पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३६६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५७ हजार ६२ पुगेको छ। शुक्रबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ ।

    आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना, स्याङ्गजाका एक जना र कास्की जिल्ला पोखरा महानगरपालिकाका एक जना छन् । आज मृत्यु पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०१७ पुगेको निर्देशनालयले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology