Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बुवाआमासँगै खेतमा गएका दुई बालकको पानीमा डु'बेर मृ'त्यु

बुवाआमासँगै खेतमा गएका दुई बालकको पानीमा डु'बेर मृ'त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७८ शनिवार • ०९:२७:१५ बजे
  • 1.0K
    SHARES
  • बुवाआमासँगै खेतमा गएका दुई बालकको पानीमा डु'बेर मृ'त्यु

    धनुषा र महोत्तरीमा पानीमा डु'बेर तीन बालकको मृ'त्यु भएको छ। मृ'त्यु हुनेमा धनुषामा एकै परिवारका दुई बालक रहेका छन्।

    images

    धान रोप्न आमाबुवासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डु'बेर दुबै बालकको मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ध

    नौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका आठ वर्षीय छोरा राकेश कापर र दिपु कापरका छ वर्षीय छोरा आशिकको मृ'त्यु भएको हो । दुबै श'व पो'स्टमा'र्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। त्यसैगरी, महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालकको मृ'त्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर–५ बस्ने चार वर्षीय आरुष कापर आफ्नै घरदेखि एक किमि पश्चिममा रहेको पोखरीमा डुबेर मृ'त्यु भएको हो। बालक डु'बेको खबर प्राप्त भएपछि तत्काल प्रहरी चौकी पर्सापतैली र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी गएर बालकको उ'द्धार गरी उपचारार्थ जिल्ला अस्पताल जलेश्वर पठाइएको थियो।

    उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। एक महिनाअघि धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा खाल्डोमा डु'बेर एकै पटक पाँच बालिकाको मृ'त्यु भएको थियो। रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • # डुबेर मुत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology