दाङ । दाङको घोराहीबाट एक लाख बढी रकमसहित दश जुवाडे पक्राउ परेका छन्।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं। १३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय ढोका घर्ती, ४० वर्षीय तेजलाल पुन र ६८ वर्षीय गनबहादुर घर्ती छन्।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार घोराही १३ डुमरगाउँस्थित गनबहादुर घर्तीको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट १ लाख २२ हजार ५ सय १० रुपैंया नगद र ६ गड्डी तास बरामद भएको डिएसपी रिजाले बताए। उनीहरुलाई शुक्रबार बेलुका साढे ६ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।