Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुई लाख नगद सहित दमकबाट ९ जना जुवाडे पक्राउ

दुई लाख नगद सहित दमकबाट ९ जना जुवाडे पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २, २०७८ शनिवार • ०९:३५:०५ बजे
  • 982
    SHARES
  • दुई लाख नगद सहित दमकबाट ९ जना जुवाडे पक्राउ

    दमक । दमकबाट ९ जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकको टोलीले वडा नम्बर ७ हाटखोलास्थित कर्णबहादुर राईको घरबाट शुक्रबार साँझ ९ जनालाई पक्राउ गरेको हो।

    images

    पक्राउ पर्नेमा राईसहित, दिनेश अधिकारी, इन्दुकुमार राजवंशी, विक्रम गुरुङ, निर्मल थापा, रामबहादुर धिमाल। राजन दाहाल, अंकित कार्की, जंगा पाठक, मिलन राई र विजय सिंह छन्। उनीहरूलाई दुई लाख ८ हजार ९५ रूपैयाँ नगद र १६ थान कौडासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।

    पक्राउ परेकालाई शुक्रबार साँझबाटै हिरासतमा राखेर कारबाही थालिएको छ।

    घोराहीबाट एक लाख बढी रकमसहित दश जुवाडे पक्राउ

    दाङको घोराहीबाट एक लाख बढी रकमसहित दश जुवाडे पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं। १३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा, २२ वर्षीय निमबहादुर रोका, २६ वर्षीय त्रिपन बुढा, ३३ वर्षीय ढोका घर्ती, ४० वर्षीय तेजलाल पुन र ६८ वर्षीय गनबहादुर घर्ती छन्।

    जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार घोराही १३ डुमरगाउँस्थित गनबहादुर घर्तीको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।

    उनीहरुको साथबाट १ लाख २२ हजार ५ सय १० रुपैंया नगद र ६ गड्डी तास बरामद भएको डिएसपी रिजाले बताए। उनीहरुलाई शुक्रबार बेलुका साढे ६ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology