Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलित अधिकारकर्मीले रुकुम पश्चिम अदालत अगाडि प्रदर्शन

दलित अधिकारकर्मीले रुकुम पश्चिम अदालत अगाडि प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७७ आइतवार • १७:०७:१३ बजे
  • 3.8K
    SHARES
  • दलित अधिकारकर्मीले रुकुम पश्चिम अदालत अगाडि प्रदर्शन

    जिल्ला अदालत रुकुम (पश्चिम) अगाडि आइतबार विरोध प्रदर्शन भएको छ । अदालतभित्र थुनछेक बहस चलिरहँदा दिउँसो दलित अधिकारकर्मी र सर्वसाधारणले प्रर्दशन गरेका हुन् ।
    जेठ १० गते जाजरकोटका पाँच र रुकुम पश्चिमका एक जनाको हत्या भएको दाबीसहित दलित अधिकारर्मी लगायत सर्वसाधारणले दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।  आइतवार जिल्ला अदालतमा २७ जना प्रतिवादीको थुनछेक बहस चलिरहेको छ ।

    images

    ६ जनाको ज्यान जाने गरी भएको रुकुमको चौरजहारीस्थित सोतीमा भएको सो घटनामा संलग्न रहेको भन्दै सरकारी वकिलको कार्यालयले ३४ जना प्रतिवादी विरुद्ध मुद्दा जाहेर गरेको छ । त्यसमध्ये नवराज विककी प्रेमिका भनिएकी १७ वर्षीया युवती र उनका भाइलाई नावालक ठहर गर्दै यसअिघ नै जिल्ला अदालते सुधार गृहमा राख्ने आदेश दिइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology