Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिराले दक्षिण जोड्ने सडकमा क्षति पुर्याएपछि बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्कविहीन

पहिराले दक्षिण जोड्ने सडकमा क्षति पुर्याएपछि बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्कविहीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७८ शनिवार • १७:१०:१८ बजे
  • 925
    SHARES
  • पहिराले दक्षिण जोड्ने सडकमा क्षति पुर्याएपछि  बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्कविहीन

    बागलुङ । बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्कविहीन छ । एउटै पहिराले जिल्लाको दक्षिण जोड्ने चार सडकमा क्षति पुर्याएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा समेत सवारी आवतजावत बन्द छ ।

    images

    गत असार १८ गते राति आएको पहिराले बागलुङ –१० एक्लेशालमा चार सडकमा क्षति पुर्याएको थियो । कालिगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड, बागलुङ कुश्मीशेरा सडक, करिडोरको वैकल्पिक सडक र एक्लेशाल–भकुण्डे सडक पहिरोले बगाएको हो । सडकको गहिराइबाट नै पहिरोले बगाएकाले सडक मर्मतमा समस्या भएको नगरपालिकाले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि दूध ढुवानी गर्न नपाउँदा यहाँका किसान मर्कामा परेका छन् । नगरपालिकाको बलेवा क्षेत्र र जैमिनी किसानले उत्पादन गर्ने दूधको ढुवानीमा समस्या भएको छ । सडक अवरुद्ध हुँदा दूध उत्पादक किसान मर्कामा परेको कालिगण्डकी दूध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताए ।

    बलेवाका किसानले उत्पादन गरेको दूध पर्वतको सदरमुकाम कुश्मा, पोखरा र बागलुङ बजारमा बिक्री हुने गरेको छ । बलेवा कुश्मा यान्त्रिक पुलको प्रयोग गरेर किसानले दूध बजार पुर्याएका छन् । पुलको प्रयोग गर्दा लाग्ने भाडाले उत्पादन खर्च बढाएको किसान गुरुदत्त आचार्यले गुनासो गरे । चिस्यान केन्द्र पर्याप्त नहुँदा र समयमा बजारमा दूध नपुग्दा फाट्ने समस्या रहेको उनको भनाइ छ । बलेवाका किसानले दैनिक २०० लिटरभन्दा धेरै दूध उत्पादन गरेर बजार पठाउने गरेका छन् ।

    “हाम्रो मुख्य पेसा नै यही हो”, उनले भने, “एक दिन दूध रोकिँदा व्यावसायिक किसानको हजारौँको क्षति हुन्छ ।” वैकल्पिक सडकको व्यवस्था हुनुपर्ने उनको माग छ । कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालय बागलुङले समेत आ-आफ्नो तर्फबाट सडक खुलाउने प्रयास गरिरहेका छन् ।

    “काम निरन्तर भइरहेको छ, पहरो नै खसेकाले समस्या छ”, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने, “विकल्पसमेत केही छैन् ।” तत्कालका लागि करिडोर मर्मतको प्रयास भएको हो । कालोपत्र भइसकेको बागलुङ काश्मीरमा सडक भने मर्मत गर्न महिनौं लाग्ने गरी क्षति भएको उनले बताए ।रासस

  • सम्बन्धित विषय:

  • # सडक अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology