Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै

बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७८ शनिवार • १७:१८:०१ बजे
  • 1.5K
    SHARES
  • बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै

    बाँके । बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए ।

    images


    उनका अनुसार असारको शुरुआतमै राम्रो वर्षात् भएपनि अहिले लामो समयदेखि पानी नपर्दा खेतमा रोपिएको धान सुक्दै गएको छ । पानी अभावमा धान रोपेको खेतमा धजा फाट्दै जाँदा किसान चिन्तित भएका छन् । बाँकेमा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । वर्षात् नभएका कारण १५ प्रतिशत रोपाइँ हुन बाँकी छ । खडेरीले रोपेको धान सुक्दै गएपछि खजुरा क्षेत्रका किसानले पानी माग्दै पूजासमेत गर्न थालेका खजुरा गाउँपालिका–२ निवासी किसान ताराबहादुर खत्रीले बताए ।

    यहाँ केही दिनभित्रै पानी परेन भने ठूलो भू–भागमा लगाइएको धान सुक्ने अवस्था आएको छ । रोपेको धानले गाँज हाल्ने र बढ्ने बेलामा पानी नपरेकाले उत्पादनमा समेत असर पर्ने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए । “यसपालि असार सुरुवातमै राम्रो पानी परेको थियो, किसानले बीउ राख्न र रोप्न समेत पाए, त्यसपछि पानी पर्न रोकियो”, ढकालले भने, “अहिले खेत सुकिसकेको छ, धान सुक्दै गएको छ भने १५ प्रतिशत रोपाइँ हुन सकिरहेको छैन ।”

    बाँकेमा प्रति हेक्टरमा ४।३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । बाँकेमा ३६।५ हेक्टरमा धान उत्पादन हुने गर्दछ । सिक्टा सिँचाइ आयोजनाले पश्चिम नहरमा पानी छाडेकाले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाको केही भेगका किसानले खेतमा पानी हाल्न पाएका छन् । सिक्टा नहर पूर्णरूपमा सञ्चालन नभएका कारण अधिकांश किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।  रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology