बलेवा । अ'वैध ग'र्भधा'रण गरेर भ्रू'णह'त्या ग'रेको आ'रोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् ।
जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रू'णह'त्या ग'रेर बारीमा गा'डेको आ'रोप लागेको हो ।
ती महिलाले औ'षधि से'वन गरेर चार महिनाको पुरुष भ्रू'ण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गा'डेको अ'वस्थामा भे'टिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।
“शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरीचौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रू'ण राखेर गा'डेको अवस्थामा थियो,” हवारीले भने, “स्थानीयवासीकै आशंकाका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।”
ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् । केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए ।
भ्रू'णह'त्या गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । आज बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताए ।
उनले कसको ग'र्भप'तन गराइन् भन्ने विषय खुलेको छैन । रासस