Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

दम सिद्धिएपछी बार्दलीमा बसेर कराउँछ.....

दम सिद्धिएपछी बार्दलीमा बसेर कराउँछ.....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७८ सोमवार • ११:०६:४० बजे
  • 1.5K
    SHARES
  • दम सिद्धिएपछी बार्दलीमा बसेर कराउँछ.....

    गजल

    दम सिद्धिएपछी बार्दलीमा बसेर कराउँछ,धोती न टोपी भएको मान्छे 
    अग्रगामी सोच हराएपछी संसदमा बर्बराउँछ,धोती न टोपी भएको मान्छे 

    images

    बाँसको रूखको टुप्पो नुगाउछु भन्ने फिस्टोको बचेरोको खुट्टी देखिए जस्तै
    मिठा कुरा जति गरे पनि क्रान्ति गर्न डराउँछ,धोती न टोपी भएको मान्छे

    संसद विघटन अनि पुनर्स्थापना पनि ठिक भन्दै लाज छोप्न नसक्नेले 
    मालिकको आदेश मान्दै साथीलाई नै हराउँछ,धोती न टोपी भएको मान्छे 

    पहिला पहिला खसी बोकालाई देखाएर चिट्ठा काटिन्थ्यो दशैको समयमा 
    अहिले आफै चिट्ठा परेपछी अरूलाई सराउँछ,धोती न टोपी भएको मान्छे

    जसले जस्तोसुकै गाईजात्रा देखाएर आफ्नो देशको बदनाम गरे पनि 

    गरीबले नै आफै क्रान्तिको झण्डा फर्फराउँछ,धोती न टोपी भएको मान्छे 
                    कृष्ण थापा,तानसेन पाल्पा

  • सम्बन्धित विषय:

  • # बार्दलीमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology