Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङ राइनासमा बालिकाको आफ्नै घरमा टीभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु

लमजुङ राइनासमा बालिकाको आफ्नै घरमा टीभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७८ सोमवार • १८:४१:३६ बजे
  • 2.3K
    SHARES
  • लमजुङ राइनासमा बालिकाको आफ्नै घरमा टीभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु

    लमजुङ । लमजुङको राइनास नगरपालिका–७ सालफेदीकी १ बालिकाको आफ्नै घरमा टीभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

    images

    सोमवार बिहान ८ः३५ बजे राकेश पाण्डेकी ८ वर्षीया छोरी सृष्टिले सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

    उनले भने, ‘बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो ।’

    बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले बताए । रासस

  • सम्बन्धित विषय:

  • # लमजुङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology