Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडियो

बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७८ सोमवार • १८:४४:२६ बजे
  • 442
    SHARES
  • बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडियो

    बागलुङ । बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।

    images

    आइतवार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढी–पहिरोका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    बागलुङ कुश्मीशेरा सडक भने अझै खुलेको छैन । करिडोर तत्कालका लागि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

    बागलुङ नगरपालिका–१० एक्लेशालमा खसेको पहिरोले त्यहाँ रहेका ४ सडकमा क्षति पुर्‍याएको थियो । ‘दक्षिण जोडिएका सडकमा यस वर्षका लागि निकै समस्या छ, ठूलाठूला पहिराले सडक अवरुद्ध हुने गरेको छ,’ कार्कीले भने, ‘ठूलो वर्षा नभएमा केही दिन सडक सञ्चालनमा रहन्छ ।’

    करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमनमा सहज हुने भएको छ । करिडोर समेत बन्द हुँदा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका किसान सबैभन्दा धेरै मर्कामा परेका थिए । अत्यावश्यक खाद्यान्न लगायतका सामग्रीको ढुवानीमा समेत समस्या भएको थियो ।

    बिरामी बोक्ने एम्बुलेन्स समेत नचलेका कारण पैदल छिमेकी जिल्ला पर्वत सदरमुकाम कुश्मा बजार पुग्नुपर्ने बाध्यता थियो । ‘खुलेका बेला खाद्यान्न स्टोर गर्न भनेका छौं, विकल्प पनि त छैन,’ कार्कीले भने । रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology