Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्कीमा १९७ सहित गण्डकीमा ४१७ जनामा कोरोना पुष्टि, छ जनाको निधन

कास्कीमा १९७ सहित गण्डकीमा ४१७ जनामा कोरोना पुष्टि, छ जनाको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७८ सोमवार • १८:५७:४६ बजे
  • 940
    SHARES
  • कास्कीमा १९७ सहित गण्डकीमा ४१७ जनामा कोरोना पुष्टि, छ जनाको निधन

    पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ४१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १२७ जनाको नमुना परीक्षण गरिएकामा ४१७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २०४ महिला र २१३ जना पुरुष रहेका छन् ।

    images

    प्रदेशका जिल्ला भरी गरिएको नमुना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १९७, बागलुङ ७, स्याङ्जा ३०, मनाङ १, पर्वत ३९, गोरखा ४९, लमजुङ १५, तनहुँमा २४ र नवलपुरमा ५५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१ हजार ९२३ पुगेको छ ।

    प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–९ की ७० वर्षीय महिला, स्याङजा फेदीखोला–४ का ४५ वर्षीय पुरुष, मनाङ नेस्याङ–२ की ४६ वर्षीय महिला,बागलुङ जैमिनी–५ की ४५ वर्षीया महिला, नवलपरासी पूर्व कोवासोती–१५ का ५९ वर्षीय पुरुष र नवलपरासीको मध्यविन्दु–५ की ६७ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३१ जना पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार २४ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ८६८ जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology