Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पुरस्कार

प्रकाश मानव अधिकार पुरस्कार डा. रूपचन्द्र विश्वकर्मालाई

प्रकाश मानव अधिकार पुरस्कार डा. रूपचन्द्र विश्वकर्मालाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७७ शुक्रवार • २१:०९:२४ बजे
  • 5.5K
    SHARES
  • प्रकाश मानव अधिकार पुरस्कार डा. रूपचन्द्र विश्वकर्मालाई
    मयूरपाटी -२६ औँ प्रकाश मानव अधिकार पुरस्कार डा. रूपचन्द्र विश्वकर्मालाई प्रदान गरिएको छ । स्वास्थ्य सेवामा रहनुभएका डा. रुपचन्द्र विश्वकर्मालाई राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा प्रदान गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संस्थापक संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा हरेक वर्ष प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्दै आएको छ ।
    विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाका लागि उनले लिएकाे पहलकदमीका लागि उनलाई पुरस्कृत गर्ने निर्णय भएको इन्सेकले जनाएको छ । ५० हजार रुपियाँ पुरस्कार राशीको पुरस्कारका साथमा सम्मान–पत्र तथा इन्सेकको प्रतीक चिन्ह सम्मानित व्यक्तित्वलाई प्रदान गरिन्छ ।इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाइ एयर दुर्घटनामा निधन भएको थियो ।

    नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसको अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट हालसम्म २५ जना पुरस्कृत भइसकेका छन ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology