तनहुँ । सोमबार राति अज्ञात समूहबाट अकलादेवी मन्दिरको मूर्ति चोरी भएको छ ।
म्याग्दे गाउँपालिका ६ स्थित अकलादेवी मन्दिरको मूर्ति सोमबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकामा लगाइएको ताल्चा फोडेर मूर्ति लगायतका सामान चोरी गरेका हुन् ।
प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकलादेवी मन्दिरमा रहेको गणेशको मूर्ति, शंख र घण्टी चोरी भएको तर मन्दिरको गजुर भने सुरक्षित रहेको मन्दिर विकास तथा व्यवस्थापन समितिले जनाएको छ ।
मंगलबार बिहान पुजारी मन्दिरमा नित्य पूजाका लागि जाँदा मन्दिरको मूर्ति चोरी भएको थाहा भएको मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त थापाले बताए ।
प्रहरी टोली गएर घटनाका विषयमा अनुसन्धान भइरहेको बताएको छ ।