Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा विषाक्त मदिरा पिएर चार मजदूरको मृत्यु प्रकरण डिएसपीको नेतृत्वमा अनुसन्धान समिति गठन

बागलुङमा विषाक्त मदिरा पिएर चार मजदूरको मृत्यु प्रकरण डिएसपीको नेतृत्वमा अनुसन्धान समिति गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७८ मंगलवार • १९:५४:१५ बजे
  • 2.2K
    SHARES
  • बागलुङमा विषाक्त मदिरा पिएर चार मजदूरको मृत्यु प्रकरण डिएसपीको नेतृत्वमा अनुसन्धान समिति गठन

    बागलुङ । विषाक्त मदिरा पिएर चार जना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ । 

    images

    बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चार जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन्।

    उनीहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

    त्यस्तै, उनीहरूसँगै मदिरा खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ । 

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक हवारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ।

    बागलुङमा पहिलोपटक चार जनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताए।

    ‘सात दिनको समय दिएर डिएसपी सापको नेतृत्वमा टोली पठाएको छु’, उनले भने, ‘अहिलेसम्म दुई जना पक्राउ परेका छन्, मजदूरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडाहरूसमेत बरामद गरेका छौं।’

    पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयबासी भक्तबहादुर बलाल रहेका छन्।

    उनीहरूसँग अहिले सोधपुछ चलिरहेको र शव परीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उनले बताए। रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology