Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँमा पोखरा आऊँदै गरेको यात्रुवाहक बसबाट अवैध लागु औषध सहित दुई जना पक्राउ

तनहुँमा पोखरा आऊँदै गरेको यात्रुवाहक बसबाट अवैध लागु औषध सहित दुई जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७८ मंगलवार • २०:३१:४४ बजे
  • 2.2K
    SHARES
  • तनहुँमा पोखरा आऊँदै गरेको यात्रुवाहक बसबाट अवैध लागु औषध सहित दुई जना पक्राउ

    पोखरा । तनहुँ प्रहरीले पोखरा आऊँदै गरेको यात्रुवाहक बसबाट अवैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

    images

    मंगलबार दिउँसो बुटवलबाट पोखरातर्फ आउंदै गरेको बसबाट अन्दाजी ४ : २५ बजेको समयमा पर्वत जिल्ला कुश्मा नगरपालिका -५ बस्ने २६ वर्षीय बिकु मगर र सोही ठेगाना भएका २५ वर्षीय उमेश क्षेत्री पक्राउ परेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। पौडेलका अनुसार तनहुँको ब्यास नगरपालिका -२ भोर्लेटारचोक स्थित पृथ्बी राजमार्गमा खटिएको प्रहरीको पिकेट टोलीले उक्त बसलाई चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट फेनेरागन ४६ एम्पुल, डाइजेपाम ४६ एम्पुल र नुर्फिन ४६ एम्पुल गरी जम्मा १३८ एम्पुल लागु औषध वरामद गरेको हो ।

    पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology