Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बस अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु, १३ जना यात्रु घाइते

बस अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु, १३ जना यात्रु घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७८ बुधवार • १०:३८:१७ बजे
  • 2.8K
    SHARES
  • बस अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु, १३ जना यात्रु घाइते

    सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।

    images

    जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नम्बरको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology