Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालक पक्राउ

८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७८ बुधवार • १२:०९:५८ बजे
  • 406
    SHARES
  • ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालक पक्राउ

    मकवानपुर । मकवानपुरमा प्रहरीले पूर्वपश्चिम लोकमार्गबाट ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालकलाई पक्राउ गरेका छन ।

    images

    राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

    इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेगीलाई मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट उनलाई नियन्त्रणमा लिएको हो ।

    सडकमा शंकास्पद अवस्थामा रोकिराखेको ट्रकलाई चेकजाँच गर्दा पछाडि ढालामा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology